इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पहिरो, उत्पादन ठप्प
klx/f]n] hnljB't cfof]hgf aGb
l;Gw'kfNrf]s, !^ ;fpgM
OGb|fjtL t];|f] hnljB't cfof]hgfsf] 8ofd ;fO8df uP /flv v;]sf] klx/f] .
kfFrkf]v/L yfªkfn* ltk]gLdf g]zgn xfO8«f] kfj/n] lgdf{0f u/]sf] &=% d]uf jf6 Ifdtfsf] hnljB't cfof]hgf klx/f]sf sf/0f pTkfbg aGb ePsf] 5 . tl:a/M b]j/fh ;'j]bL÷ /f;;
सिन्धुपाल्चोक । नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।
पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेको थियो ।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पुर्याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानव बस्तीसमेत जोखिममा परेको छ ।
निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो ।
पहिरोका कारण सवारी साधन तथा मानिसको आवत–जावत समेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् ।
पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । रासस























