विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
यसका लागि ३५ वर्ष उमेर पूरा भएको, आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक गरी सो क्षेत्रमा १० वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित आगामी १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त फाराम बुझाउनु पर्ने छ भने यस्तो फाराम मन्त्रलायको वेबसाइटमा उपलब्ध हुने छ।

























