stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

भारतको विवादास्पद राममन्दिरमा हुने विशेष कार्यक्रममा मोदीको सहभागिता रहने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिना उत्तरी भारतको विवादास्पद क्षेत्रमा रहेको एउटा हिन्दु मन्दिर परिसरमा आयोजना हुने महत्वपूर्ण कार्यक्रममा सहभागि हुने भएका छन् ।

जुन स्थानमा सन् १९९२ मा हिन्दु कटरपन्थिहरुले सोह्रौं शताब्दिको बाबरी मस्जिद भत्काएका थिए । उक्त हिन्दु मन्दिर निर्माण कोषले ५ अगष्टमा सो कार्यक्रमको आयाजना हुन लागेको जनाएको छ ।

सो दिन ज्योतिष शास्त्र अनुसार शुभ रहेको तथा सोही दिन मुश्लिम बाहुल्य राज्य जम्मु काशिमरको अर्ध स्वायत्ततता मभारतिय सससदले रद्ध गरेको एक वर्ष पुग्ने बताइएको छ । रामको जनिभुमि रहेको विश्वास गरिएको त्यहाँ राम मन्दिर निर्माण भइरहेको हो ।

भारतीय जनता पार्टी (विजेपि )संग आवद्ध हिन्दु राष्ट्रवादी समुह विश्व हिन्दु परिषदका अनुसार कोरोना भाइरस महामारीको कारण कार्यक्रममा सहभागि तथा दर्शकको संखया सिमित गरिने र कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

कार्यक्रम आयोजक समुहका प्रवक्ता विनोद वंशलले यस मन्दिरले सामाजिक सदभाव , राष्ट्रिय एकता र हिन्दुत्व वा हिन्दु जिवनशैलीको भावना र जागरणलाई एककिृत पाने काममा महत्वपूर्ण भुमिका निभाउने बताएका छन् ।

आम चुनावमा विजेपिको अत्यधक बहुमतले विजय भएपछि गत वर्ष एक शताब्दिदेखि विवादास्पद रहेको सो धार्मिक् स्थलको विवाद समाधान भएको थियो ।

गत नोभेम्वरमा सर्वोच्च अदालतले मन्दिर कोषको समर्थनमा निर्णय सुनाउादै मुश्लिमहरुलाइृ विकल्पको रुपमा मस्जिद बनाउन पाँच एकड जमिन प्रदान गरिने जनाएको थियो ।

वावरी मस्जिद भत्काएकै विवादमा सन् १९९२ मा भएको हिन्दु – मुश्लिम हिंसात्मक दंगामा करिव दुई हजार मानिसको ज्यान गएको थियो । मारिने मध्ये अधिकांश मुश्लिम रहेका थिए । रासस

prabhu mahalaxmi
kumari