stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इन्टरनेसनल डाइरेक्टरमा ध्रुब थापाको मनोनयन, डिष्ट्रिक्ट ३२५ जे को गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी

डिष्ट्रिक्ट ३२५ जे मा बढ्यो तेस्रो कन्भेन्सन माहौल, गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन डा. ध्रुब बहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल ३२५ का भाईस काउन्सिल चियरपर्सन लायन मिलन थापाको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा आयोजित नोमिनेसन कार्यक्रममा उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । विगत २६ वर्षदेखि लायनिज्ममा सक्रिय थापा लायन वर्ष २०१५÷१६ तत्कालिन डिष्ट्रिक्ट ३२५ बि १ मा गभर्नर भएका थिए ।

उनले आफ्नो कार्यकालमा नेपाल लायन्स फाउन्डेसनमा लिड डोनरको अवधारणा, गभर्नरको पिन सबैले लगाउने कार्यको सुरुवात, कार्यक्रमको अन्तिममा राष्ट्रिय गान बजाउने कार्यलाई अन्त्य गर्दै राष्ट्रिय गानलाई सुरुमा नै बजाउने कार्यको सुरुवात लगायत अन्य थुप्रै परिवर्तनहरु गरेका छन् ।

त्यसैगरी डिष्ट्रिक्ट ३२५ जे को आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नर पदमा हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोलाले र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा हालका चिफ एडभाईजर लायन कुश प्रसाद मल्लीले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारहरुले कन्भेन्सनका लागि गठित नोमिनेसन कमिटी चियरपर्सन आईपिडिजी लायन हरिप्रसाद मरहट्टासमक्ष मनोनयन पत्र दर्ता गरे ।

हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलनबाबु मल्ल विगत १७ वर्षदेखि लायनिज्म क्षेत्रमा सक्रिय छन् । गोर्खामा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएका सफल उद्योगी, व्यवसायी मल्ल नाडाका कोषाध्यक्ष पनि हुन् । त्यस्तै हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला विगत २६ वर्षदेखि लायनिज्म क्षेत्रमा सक्रिय छन् । पोखरामा जन्मिएका बाँस्तोला एक सफल व्यवसायी हुन् ।

त्यसैगरी सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन कुश प्रसाद मल्ली विगत ३६ वर्षदेखि लायनिज्म क्षेत्रमा सक्रिय छन् । उनले नेपालमा एउटा मात्र डिष्ट्रिक्ट ३२५ हुँदा सन् १९९० मा लायन्स क्लबको सदस्यता लिएका थिए ।

सफल उद्योगी तथा बैंकर मल्लीले नोमिनेसन दर्ता गर्दै आगामी वर्षका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर र गभर्नरको कार्यकाल सफल बनाई डिष्ट्रिक्ट ३२५ जे लाई उत्कृष्ट डिष्ट्रिक्ट बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नोमिनेसन कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा लगायत अन्य सबै वक्ताहरुले  उम्मेदवारहरुलाई  शतप्रतिशत  मतले विजयी गराउन आग्रह गद्र्रै शुभकामना व्यक्त गरे । डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौको राष्ट्रिय सभा गृहमा हुँदैछ ।

prabhu mahalaxmi
kumari