सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गराएको छ ।
इन्स्योरेन्स कम्पनीको फागुन १५ गतेको ३१औं साधारणसभाले गत आर्थिक वर्षको नाफबाट शेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत (करसहित) का दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सोही बमोजिम फागुन १ गतेसम्म कायम रहेका शेयरधनीको खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ । त्यस्तै, साबिक सिद्धार्थ इन्स्योरेन्स तत्कालीन प्रिमियर इन्स्योरेन्समा २०७९ फागुन १७ गते गाभिएको थियो ।
फागुन १६ गतेसम्म कायम रहेका साबिक सिद्धार्थका शेयरधनीको लाभांशमा आयकर ऐनअनुसार कर कट्टा नगरिएको र साबिक प्रिमियरका शेयरधनीले प्राप्त गर्ने नगद लाभांशमा भने करकट्टा गरिएको कम्पनीले जनाएको छ ।
त्यसैले मर्जर भएको मिति अर्थात् २०७९ फागुन १७ गतेदेखि कायम रहेका शेयरधनीको हकमा भने थप भएको शेयरमा करकट्टा गरेर मात्रै लाभांश भुक्तानी गरिएको पनि कम्पनीको भनाइ छ ।
साथै, हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक र शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अद्यावधिक र अभौतिकीकरण गरी नगद लाभांश लिन पनि कम्पनीले आग्रह गरेको छ ।
साथै शेयर धितो राखी कर्जा लिएका शेयरधनीले कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृति पत्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा पेश गरेपछि मात्रै नगद लाभांश पठाइने कम्पनीले जनाएको छ ।