stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब अनलाइनबाटै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थालेको छ ।

ट्रान्सक्रिप्ट लगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

आउँदा चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उहाँले बताउनुभयो ।

त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन ।

अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्ने काम अबको दुई हप्तामा सकिनेछ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्न परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।

यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने समेत बताउनुभयो । पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र अर्थात् मार्कसिट प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ ।

गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत शुरु भइसकेको छ । अब बिस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्था समेत गरिने पनिकाले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long