citizens life insurance long ad
stcnepal long ad

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ‌ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने बताए ।

इप्पानाद्वारा आयोजित रजत जयन्ती समारोहमा उनले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिए ।
ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । उनका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी रहेको छ । चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार तीन सय मेगावाट क्षमताका आयोजना खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १२ हजार नौ सय ६५ मेगावाट क्षमताका आयोजना अध्ययन सकेर पिपीएको पर्खाइमा रहेका इपपानले जनाएको छ । यीमध्ये पनि ८० प्रतिशतभन्दा बढी आयोजना निजी क्षेत्रले विकास गरिरहेका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट विद्युत् नेपाला खपत गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिए । त्यसबाहेक बढी भएको विद्युत् मात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य लिइएको उनले बताए ।

IME Life
kumari