citizens life insurance long ad
stcnepal long ad

१४ जना न्यायाधीशको सरूवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा भएको छ। न्याय परिषदको बिहीबार बसेको बैठकले १४ न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। बैठकले विभिन्न चार निर्णय गरेको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकाम रहनेगरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको छ।

त्यस्तै उच्च अदालतका तीन जना न्यायाधीश र जिल्ला अदालतका ११ जना न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको छ।

उच्च अदालत जनकपुरमा रहेका किरणकुमार पोखरेल र तुलसीपुर बुटवल इजलासमा रशेका रेखा थापा पाण्डेको उच्च अदालत विराटनगर इलाम इजलासमा सरूवा भएको छ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्‍यायिक प्रतिष्ठानमा काजमा खटाउन पनि सिफारिस गरेको छ। यस्तै ११ वटा विभिन्न जिल्लाका न्यायाधीशहरूको पनि सरूवा भएको छ।

IME Life
kumari