citizens life insurance long ad
stcnepal long ad

समृद्धि फाइनान्सको २३औं साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारण सभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको छ।

सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आर्थिक वर्ष २०८१/८२ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरु छलफलसहित पारित गरेको छ।

साधारण सभामा अध्यक्ष भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

IME Life
kumari