stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकामा कोरोना भाइरसको संक्रमण आश्चर्यजनक रूपमा वृद्धि, एकैदिन ७७ हजार बढी संक्रमित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमण आश्चर्यजनक रूपमा वृद्धि भएको छ । अघिल्लो महिना कम देखिएको भाइरसको संक्रमण जुलाईको सुरूबाटै तीब्रगतिमा बढ्दै गएपछि परिस्थिति थप भयावह अवस्थामा पुगेको सरोकारवाला निकायहरूको ठम्याई छ आज एकैदिन ७७ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयताको हालसम्मकै उच्च हो । कोरोना भाइरसबाट संक्रमित हुने नयॉ विरामीको संख्या केही दिनयता अमेरिकामा ह्वात्तै बढेको छ ।

यद्यपी मृत्यु हुनेको संख्या भने स्थिर प्राय:छ । पछिल्लो समय क्यालिफोर्निया, फोलोरिडा, टेक्सास् लगायतका राज्यमा भाइरसको संक्रमण अत्याधिक मात्रामा फैलिन थालेपछि मानिसहरू त्रसित भएका छन् ।

कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । तीब्रगतिमा बढिरहेको भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा ३६ लाख ६० हजार बढी व्यक्ति संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज करीव ९ सय ५० जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा झण्डै तेही हाराहारीमा ज्यान गएको थियो ।

यसैगरी केही दिनयता संक्रमितको संख्यामा असामान्य ढंगले वृद्धि भइरहेको अमेरिकामा आज २४ घण्टाको अवधिमा ७७ हजार २ सय ५० बढी व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने अघिल्लो दिनको संक्रमित संख्या करीव ७० हजारको वरपर रहेको थियो ।

उल्लेखित तथ्यांकहरूका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको अमेरिकाका ५० वटै राज्यहरू मध्ये पछिल्लो समय २६ वटा राज्यमा बढीमात्रामा नयॉ विरामीहरू फेलापरिरहेका छन् ।

यद्यपी सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै अमेरिकाकै धेरै करीव ३२ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने झण्डै ४ लाख १० हजार मानिस संक्रमित भएका छन् ।

न्यूयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा नेपालीहरू संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ भने झण्डै ३ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ ।

अघिल्ला साता दिनहुँ ५० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दैआएकोमा केही दिनयता ७० हजार माथिको संख्यामा नयॉ विरामीहरू देखापरिरहेका छन् ।

बढ्दो कोरोना संक्रमणसँगै यहॉका सर्वसाधारण नागरिकहरू निकै त्रसित र भयवित देखिन्छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै ६ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत एक करोड ४० लाख नाघेको छ ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार यहॉ दैनिक करीव ८ लाख व्यक्तिमा कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरिदै आएको कुरा उल्लेख गरिएको छ ।

अमेरिकामा अहिलेसम्म करीव सॉढे ४ करोड मानिसको स्वास्थ्य जॉच गरिएको बताइएको छ । यसैगरी १० लाख ४० हजार बढी संक्रमित ठिक भइसकेका छन् ।

आगामी दिनमा कोरोना भाइरसको महामारीबाट अमेरिका अझै बढी प्रभावित हुनुकासाथै संक्रमितहरूको संख्या समेत दैनिक एक लाख बढी पुग्न सक्ने यहॉका स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् ।

अमेरिकामा अघिल्ला केही साताहरूमा कोरोना भाइरसको संक्रमण कमीहुदै जादा विभिन्न राज्यका सरकारहरूले खुलाउदै लगेका व्यापार व्यावसाय तथ कार्यालयहरू पुन: भाइरसको संक्रमण अत्याधिक गतिमा बढ्नथालेपछि अत्यावश्यक क्षेत्रवाहेक अन्यलाई आफ्ना काम कारवाही सीमित गर्न निर्देशित गरिरहेका छन् ।

कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गइसकेको छ ।

यसैबीच कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि गत अप्रिलमा अमेरिकाको इतिहासमै सर्वाधिक राशीको झण्डै २ ट्रिलियन डलर बढीको आर्थिक सहायता प्याकेज ल्याइसकेको सरकारले पुन: सोही हाराहारीमा राहत पयाकेज ल्याउने तयारी गरेको छ ।

यसअघि वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी हुने प्रत्येक वयस्क मानिसलाई १२ सय डलर आपतकालिन राहत स्वरूप दिइएकोमा अब आउने राहत प्याकेजले प्रतिव्यक्ति २ हजार डलरसम्म वितरण गर्ने कार्योजनालाई समेट्न सक्ने सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् । हाल अमेरिकामा ३३ करोड बढी जनसंख्या रहेको छ ।

 

IME Lifesidebar
kumari