stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महाकवि देवकोटाको स्मरण मोडर्न कन्या कलेजमा पनि साहित्यिक कार्यक्रम आयोजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको उपलक्ष्यमा बिहीवार काठमाडौको भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजले पनि साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा महाकवि देवकोटाका साहित्यिक योगदान र विविध पक्षबारे चर्चा गरियो । वरिष्ठ समालोचक प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले विश्वस्तरमा नेपाली साहित्य र महाकवि देवकोटाको योगदान बारे विशेष प्रवचन गर्नुभयो ।

कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर रामप्रसाद दाहालले मानवताबादी दृष्टिकोण सर्वोपरि रहेका देवकोटाका सिर्जनामा समभाव र प्रकृतिपूजन तीव्र रहेकाले युग युगसम्म उहाँलाई जीवन्त तुल्याइ राख्‍ने विचार व्यक्त गर्नुभयो ।

कलेजका प्राचार्य सविन पोखरेल र वरिष्ठ समालोचक युवराज मैनालीले विशाल प्रतिभाका धनी देवकोटालाई नेपालमा मात्र सिमित नगरी अन्तर्राष्ट्रिय जगतकै विराट साहित्यिक व्यक्तित्वकारुपमा स्मरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार अन्जन ढुङ्गेल, कलानिधि दाहाल, डा. मधुसुदन लामिछाने, विजय थापा, कल्पना कटुवाल, अनु भूजेल निर्मल पराजुली लगायतले आआफ्नो रचना प्रस्तुत गर्नुभयो । कलेजले हरेक वर्ष देवकोटा जयन्ती तथा अन्य विशेष अवसरहरुमा कार्यक्रम गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari