sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पोखरामा आकस्मिक रक्तदान कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरामा आकस्मिक रक्तदान

पोखरा । बढदो डेगु रोग महामारी र चाड पर्वको कारण पोखरामा देखिएको रगत अभावलाई ध्यानमा राखी आकस्मिक रक्तदान भएको छ ।

वाटो को वारी पारी गदै , लौ आउनुहोस ,यता आउनुहोस रक्तदान गर्नुहोस ,पुण्य लाभ गर्नुस सहयोग गर्नुस रक्तदान गर्नुस भन्दै थिए, रक्तसंचार केन्द्रका चालक इन्द्र थापा , जसले पोखरामा हुने प्राय रक्तदानमा यस्तै गर्छन । वाटोमा हिड्ने बटुवा हरुलाई रगत दिउ दिउ बनाउछन कार्यक्रम सफल बनाउछन् ।

आकस्मिक रत्तदानमा पनि थापाको भुमिका यस्तै रहयो उपस्थित नया रक्तदाता किशोर किशोरीहरु खुसी हुन्छन । रगत दिन पाएकोमा थापालाई जान्छु है भन्दै निस्कछन् । बढदो डेगु रोगका विरामीका कारण पोखरामा रगत अभाव हुदा आकस्मिक रक्तदान गरिएको हो ।

रक्तसंचार केन्द्रको आह्वानमा लायन्स क्लव पोखरा चौतारीको आयोजनामा भएको कार्यक्रममा पहिलो रक्तदाता रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली लाई ब्लड ब्याग हस्तान्तरण गदै लायन्स क्लवका गर्भनर विनोद ढुङगानाले जहा आवश्यता त्यहा लायन्स पुग्ने बताए ।
सो कार्यक्रममा १३१ जनाले रक्तदान गरेका थिए ।

क्लवका अध्यक्ष सुय प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्ड राज शर्मा रक्तदान अभियान्ता कृष्ण बहादुर थापा , आकस्मिक रक्तदाता समुहका संयोजक नेत्र ढकाल ,रक्तसंचार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के सी क्लबका पूर्व अध्यक्ष रुक बहादुर गुरुङ, मोहन पौडेल, दामोदर आचार्य , बसन्त कोइराला ,भरत राज सिग्देल ,उपाध्यक्ष भगवान श्रेष्ठ , सचिव सुर्य राना लगायतले रक्तदानको महत्व माथि प्रकाश पारेका थिए ।

रगत को बिकल्प रगतनै भएकाले रत्तदानको महत्व आवश्यता आमसमुदायले बुझनु पर्ने १७ बर्ष उमेरदेखि ६५ बर्ष उमेर सम्म का महिला पुरुषले रक्तदान गर्न सक्ने स्वास्थ्य प्राविधिक सुनिता लम्सालले बताइन ।

डेगु बिरामीलाई धैरे रगत आवश्यक भएकाले पोखरामा रक्तदान कार्यक्रम नियमित नहुँदा व्यवस्थापनमा समस्या रहेकाले आम संघ संस्थाले रक्तदान कार्यक्रम गरिदिन प्रविधिक यमुना के.सी.ले आह्वान गरेकी छन् ।

prabhu bank
nawakantipur long