चाडपर्वमा चिनीको अभाव नहुने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दशैं र आसन्न तिहार, छठपर्व तथा नेपाल संम्वत पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा असोज २३ गते बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्राम बजनका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदाम घरमा भित्र्याएको कर्पोरेसनले जनाएको छ ।
कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ । कर्पोरेसनले १५ हजार मेट्रिक टन चिनी भन्सार छुटमा आयात गर्ने सरकारबाट अनुमति पाएको छ।






























