stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निजी विद्यालयका सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले नयाँ आर्थिक वर्ष अर्थात् साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको मागहरु सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले अनलाइन कक्षा बन्द गरी शिक्षक तथा कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेका हुन् । निजी विद्यालयहरुले राखेका मागहरु पूरा नभएपछि अनलाइन कक्षा बन्दको घोषणा गरिएको हो ।

अनलाइन कक्षा बापतको शुल्क कति लिने भन्नेमा विवाद । अब विद्यालय खुला भएपछि मात्र प्रशासन खुला गर्ने पनि दुवै संगठनले बताएका छन् । शिक्षक र कर्मचारीको तलब पनि विद्यालय सञ्चालन गरेपछि प्राप्त हुने आम्दानीका आधारमा क्रमशः उपलब्ध गराउने उनीहरुको भनाई छ ।

prabhu mahalaxmi
kumari