evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सन २०२६ का लागि अमेरिकाको डाइभसिर्टी भिसा (डीभी) आजबाट खुल्दै

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अन्य वर्षहरुमा झैँ सन २०२६ का लागि पनि अमेरिकाको डाइभसिर्टी भिसा (डीभी) आजबाट खुलाउँदैछ । अमेरिकाले अक्टोबर २ अर्थात् आज रातिबाट डिभी भर्न सकिने व्यवस्था गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिने जनाएको हो । त्यस्तै आगामी नोभेम्बर ५ को राति १०ः४५ बजेसम्म आवेदन दिने समय राखिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार https://dvprogram.state.gov मा गएर आवश्यक प्रक्रिया पूरा गरी भर्न सकिनेछ । त्यस्तै अमेरिकाले भने अनुसारको मापदण्ड पूरा गरेका आवेदकहरुमध्येबाट एकदमै निष्पक्ष तरिकाले नतिजा प्रकाशन गरिने समेत विश्वास व्यक्त गरेको छ ।

अमेरिकाले हरेक वर्ष नेपाल लगायत विभिन्न देशहरुमा डिभी चिठ्ठा खुलाउँदै आइरहेको छ ।त्यस्तै डिभी निशुल्क रुपमा भर्न सकिने समेत दूतावासले जनाएको छ ।

himalayan life insurance
igi long