stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अख्तियार पोखरामा गत वर्ष झण्डै शतप्रतिशत उजुरी फछ्र्यौट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शतप्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव २०८०/०८१ मा १ हजार ३ सय १५ उजुरी परेकामा अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका ४ सय ५५ सहित कुुल १ हजार ७ सय ७० उजुरीमध्ये ९१ प्रतिशत उजुरी फछ्र्यौट गरेको कार्यालयले जनाएको छ ।

देशभरको तुलनामा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भए पनि स्थानीय तहमा पोखरा महानगरपालिकाका बढी रहेको पोखरा कार्यालय प्रमुख अस्मान तामाङले बताए ।

तामाङले प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्यसम्पादन भइरहेको जानकारी दिए ।

आयोगमा देशभर कुल २६ हजार ९ सय १८ उजुरी प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कुल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या थियो । तीमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको छ । आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका ८ कार्यालयबाट कार्यसम्पादन हुँदै आएको छ ।

३३ जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धान सम्बन्धी  अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९ सय ९० कर्मचारीको दरबन्दी छ ।

अख्तियारको गण्डकी आयोगको कार्यालयले सोमबार ३४ औं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ । उक्त प्रतिवेदन ५ सय २४ पृष्ठ लामो छ ।

सो क्रममा प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताए । उनले मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गरे ।

मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा जोड दिए ।

prabhu mahalaxmi
kumari