stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

पृतनापति सम्मेलन असोज १५ र १६ गते आयोजना गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाले आफ्नो वार्षिक रणनीति तर्जुमा गर्ने हेतुले हरेक वर्ष पृतनापति सम्मेलन आयोजना गर्ने गरेको छ।

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएपछि पहिलो पटक आयोजना हुन लागेको पृतनापति सम्मेलनले नेपाली सेनाको तीन वर्षे रणनीतिको विषयमा समेत छलफल गर्ने भएको छ।

असोज १३ देखि १६ गतेसम्म हुने सम्मेलनमा असोज १५ र १६ गते ८ वटै पृतनाका पृतनापतिहरूले आफ्नो कार्यक्षेत्रको भौगालिक, आर्थिक, सामाजिक, राजनीतिक, र्धािर्मक र सुरक्षास्थितिको बारेमा सैनिक मुख्यालयलाई जानकारी गराउने भएको छ।

सबै पृतना तथा मुख्यलयमा रहेका विभागहरूले समेत मुलुकको वर्तमान अवस्था, मुलुककमा आइपर्ने विभिन्न समस्याको बारेमा समेत छलफल हुने बताइएको छ।

पृतनापति सम्मेलनको तयारी भइरहेको र त्यसमा नेपाली सेनाले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा छलफल हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो।

नेपाल पछिल्लो समय शक्ति राष्ट्रको केन्द्रमा परेको र उनीहरूले नेपाललाई आफ्नोअनुकूल चलाउन खोजेको विश्लेषण गरेको सैनिक नेतृत्वले त्यस विषयमा समेत छलफल हुने भएको छ।

उक्त सम्मेलनमा मुलुकको आन्तरिकदेखि वाह्य सुरक्षाको अवस्थाका बारेमा समेत छलफल हुने भएको छ।

नेपालको आन्तरिक सुरक्षामा कुन कुन समूहबाट मुलुकको सुरक्षा थ्रेट बढेको र त्यसको सामधानमा राज्यले गर्नु पर्ने कामकारबाहीका बारेमा समेत छलफल हुने भएको छ।

त्यस्तै, मुलुकलाई वाह्य सुरक्षा थ्रेट कहाँ, कहाँबाट हुँदैछ भन्ने विषयमा समेत छलफल हुने उच्च सैनिक स्रोतले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari