citizens life insurance long ad

ब्रिटिस कलेजका सीईओ कँडेललाई ‘एमडी अफ द इयर’ अवार्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजन कँडेललाई एसएमई न्युजले ‘एमडी अफ द इयर’ अवार्ड प्रदान गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका संस्थापक समेत रहेका कँडेल ‘एसएमई न्युज आईटी अवार्ड २०२४’ बाट सम्मानित भएका हुन् ।

बेलायतको प्रकाशन गृह एसएमईले वार्षिक रूपमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका व्यवसायीलाई अवार्ड प्रदान गर्दै आइरहेको छ ।

एसएमई न्यूजले उद्यमशीलता क्षेत्रका परिश्रमीहरू योग्य व्यक्तिलाई अवार्ड प्रदान गर्दछ । अन्य प्रतिस्पर्धीहरूभन्दा फरक तरिकाले आईटी सोलुसन, डेटा माइग्रेसन तथा आईटी ट्रान्फरमेसन सेक्टरमा काम गर्दै आएका व्यक्तिहरू सो अवार्डका लागि मनोनयनमा परेका थिए ।

सीईओ कँडेलले ‘इन्टरनेसनल एजुकेसन सेक्टर’ विधा अन्तर्गत ‘सर्वश्रेष्ठ लगानी गर्ने म्यानेजिङ डाइरेक्टर’ को रुपमा कँडेल ग्रुपका लागि यो अवार्ड जितेका हुन् ।

‘मैले मेरो करियर आईटी म्यानेजरको रूपमा सुरु गरेको थिएँ । अहिले हामीले विश्वको केही शीर्ष विश्वविद्यालयहरूसँग साझेदारी गर्दै आईटी विषयसँगै अन्य शैक्षिक कार्यक्रम पनि विश्वका चार वटा महादेशमा रहेका विद्यार्थीलाई प्रदान गर्दै आएका छौं,’ कँडेलले भने, ‘यसै वर्ष पनि हामीले बेलायतको ग्रीनविच विश्व विद्यालयसँगको साझेदारीमा कोर्षहरू प्रदान गर्न सुरु गरेका छौं ।

त्यस्तै, क्यानडाको म्यारिटाइम बिजनेस कलेज पनि अधिग्रहण गरेका छौं । त्यसैले यो अवार्ड मेरो लागि धेरै अर्थपूर्ण छ ।’

IME Lifesidebar
kumari