citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ ।

दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन ।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको समाचारमा जनाइएको छ ।

स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले सफल नेपाललाई बताउनुभयो ।

 

IME Life
kumari