stcnepal long ad
global ime bank long

बंगलादेशको न्यायाधिकरणले हसिनाविरुद्धको मुद्दाको अनुसन्धान गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ढाका । बंगलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन्। हसिनाले नै उक्त न्यायाधिकरण गठन गरेका थिए।

अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि हसिनाले १५ वर्षको आफ्नो शासनविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको एक महिनाको विरोध प्रदर्शनमा चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो। धेरैजसो प्रहरीको गोलीबाट मारिएका थिए।

‘हामी यस चरणमा प्रारम्भिक प्रमाणहरू संकलन गर्दैछौँ’, ‘सामूहिक हत्या’ सँग सम्बन्धित मुद्दा रहेको उल्लेख गर्दै न्यायाधिकरणको अनुसन्धान सेलका उपनिर्देशक अताउर रहमानले भने, ‘त्यसपछि हामी अपराध भएका स्थानमा जानेछौँ।’

उनले सबै तीन वटै मुद्दा निजी व्यक्तिहरूले ल्याएको र हसिनाका धेरै पूर्व शीर्ष सहयोगीहरूको नाम पनि मुद्दामा रहेको बताए। यी मुद्दा राजधानी ढाकाका उपनगरहरू वा नजिकैका जिल्लाहरू मीरपुर, मुन्शीगञ्ज र सावरमा भएका हिंसासँग सम्बन्धित छन्।

यसबाहेक स्थानीय मिडिया रिपोर्टहरूका अनुसार मुलुकभरमा स्थानीय प्रहरी एकाइहरूले हसिनाविरुद्ध कम्तीमा १५ मुद्दा दायर गरेका छन्।

केही मुद्दा हालैको अशान्तिअघिका घटनासँग सम्बन्धित छन् र आरोपहरूमा हत्या र ‘मानवता विरुद्धको अपराध’ समावेश छन्।

पाकिस्तान विरुद्ध मुलुकको मुक्ति सङ्ग्राममा भएका अत्याचारहरूको छानबिन गर्न हसिनाले सन् २०१० मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) गठन गरेको थियो।

हसिनाको नेतृत्वमा आइसिटीले एक सयभन्दा बढी व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो र यसमा धेरैजसो उहाँका राजनीतिक प्रतिद्वन्द्वीहरू थिए।

अन्तर्राष्ट्रिय महासन्धिहरू पालना नगरेको भन्दै अधिकार समूहहरूले प्रायः अदालतको आलोचना गरेका थिए । हसिनाको सरकारमाथि व्यापक मानवाधिकारको उल्लंघन गरेको आरोप लगाइएको थियो। यसमा उनका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या पनि समावेश थिए।

बंगलादेशी सुरक्षा बलले विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहलाई दबाउन अनावश्यकरूपमा बल प्रयोग गरेको बलियो संकेत रहेको संयुक्त राष्ट्रसंघले शुक्रबार बताएको थियो।

IME Lifesidebar
kumari