citizens life insurance long ad
stcnepal long ad
national life

मध्यपूर्वमा डबल डेकर बस चलाउने शान्तिलाई दक्षिण कोरियामा सम्मान

Prabhu Insurance Long Ad

काठमाडौँ । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ को सिलसिलामा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ।

बिगत लामो समय देखी युएईमा रहेर मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी शान्तिलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो।

उक्त कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले सम्मानपत्र हस्तान्तरण गरेका थिए।

त्यसैगरी, नुवाकोट समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार राम कुमार गौतम, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्यान्ताङ, जनप्रगतिसिल मंच दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा लगायतले दोसल्ला ओढाएका थिए।

कार्यक्रममा बोल्दै नुवाकोट समाज अध्यक्ष बुद्धि बहादुर तामाङले यूएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्रस्थानमा ल्याउन सफल हुनुका साथै खेलकुद क्षेत्रमा समेत आफुलाई अभ्यस्थ राख्दै कोरियामा आयोजना भएको २०२४ मुयोङ हान्मादाङ तेक्वान्दो प्रतियोगितामा सहभागी भएर निरन्तर कोसिस गर्दा एकदिन अवश्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

त्यस्तै नुवाकोट समाजका पुर्व अध्यक्ष तथा एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले विदेशी भूमिमा रहेर अनेकौं बाधा अड्चनलाई पार गर्दै चाहना भएके सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौं नेपाली महिलाको प्रेरणाको स्रोत बन्नु उदाहरणीय रहेको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए।

ओखलढुंगा जिल्लामा जन्मिएकी शान्तिले सन् २०१५ देखि य्एईमा रहेर आफ्नो रोजगारीको सिलसिलामा ब्युटीसियनदेखि मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला बन्दै मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी छन।

himalayan life insurance
igi long