sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

महालेखा नियन्त्रक कार्यालयमा सहसचिव सापकोटा आतंक !

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय अनामनगरका कर्मचारीहरू अहिले प्रशासन महाशाखाका सहसचिव नारायण सापकोटाको कारण आतंकित भएका छन ।

उनले कुनै पनि  फायलमा निर्णय नगरि फर्काउने गर्न थालेपछि यस कार्यालयमा काम हुन छाडेको छ । सापकोटाका टेवलमा निर्णयका लागि विभिन्न शाखाहरूका शाखा अधिकृत, उपसचिव, सहसचिवहरू जसले फाइल लगे पनि अनावश्यक शंका गर्ने, मलाई फसाउन यस्तो फाइल ल्यायो, यसमा म हस्ताक्षर र निर्णय गर्दिन भनेर हस्ताक्षर र निर्णय नगरि फाइल फर्काइ दिदा अहिले कार्यालयका सबै शाखा र महाशाखाका महत्वपूर्ण निर्णयहरू थाती रहन पुगेका छन।

यसको असर र नकारात्मक प्रभाव कार्यालयको सबै काममा परेको छ। यस कार्यालयमा कुनै काम अगाडि बढन सकेको छैन समाचार स्रोतले बताएको छ।

यहाँसम्म कि कार्यालयलाई चाहिने स्टेशनरी र मसलन्द सामाग्रीको खरिद आदेश समेत हुन नसकेको एक उपलेखा नियन्त्रकले बताएका छन।

सहसचिव सापकोटाले हरेक फाइलमा मलाई फसाउन यस्तो माग र टिप्पणी गरेर ल्याउने भन्दै मातहतका कर्मचारीहरूलाई हप्काएर पठाउने गरेकाले उनका कोठामा जान कर्मचारीहरू डराउने र यी सहसचिव हुन्जेलसम्म कुनै टिप्पणी र फाइल उनकोमा पेश नगर्ने भनेर हात र कलम बाधेर बसेको कार्यालय स्रोतले बताएको छ।

अति शंकालु,आफुमात्र अति जान्ने,सुन्ने,घमण्डी र सन्की स्वभावका मानसिक रोगी जस्ता लाग्ने सहसचिव सापकोटालाई अघिल्लो सरकारका अर्थ मन्त्री वर्षामान पुनले महालेखा नियन्त्रक कार्यालय पठाउदा कार्यालयका महालेखा नियन्त्रक (सचिव) विनोद प्रकाश सिंह पनि हैरान हुँदै आएको स्रोतले बताएको छ।

नयाँ आर्थिक वर्ष लागेपछि सहसचिव सापकोटाले कुनै फाइलमा निर्णय नगरेर हैरान पारेको भन्दै उनको कार्यसम्पादन र कार्यशैलीमा असन्तुष्टि जनाउदै कार्यालयका विभिन्न शाखा र महाशाखाका कार्यालय सहायक,सवारी चालक, नासु,शाखा अधिकृत,उपसचिव र सहसचिवहरूले दैनिक गुनासो गर्दै महालेखा नियन्त्रकलाई भेटि रहेका छन।

महालेखा नियन्त्रक सिंहले कानुन बमोजिम हुने काम फटाफट गरिदिन र कानुन अनुसार नमिलेका कामको कानुन अनुसार यसरी मिलाएर ल्याउन भनेर शिष्ट,मर्यादित र सभ्य भाषामा सुझाव दिन सहसचिव सापकोटालाई पटक–पटक सम्झाए,बुझाएपनि सहसचिव सापकोटाले कुनै टेरपुच्छर नलगाई आफ्नै अनावश्यक जिद्दी,लिडेढिपी,सन्की स्वभाव र बडप्पन नछाडेको र कुनै पनि फाइलमा निर्णय नगरेकाले महालेखा नियन्त्रक सिंह पनि हैरान बनेका छन।

सापकोटाको यस्तो गैरजिम्मेवार,गैरउत्तरदायीपुर्ण,व्वहार र कार्यशैली विरूद्व त्यस कार्यालयसहित देशभरिका सहायक लेखापाल,लेखापाल, लेखा अधिकृत, उपलेखा नियन्त्रक र सहलेखा नियन्त्रकहरू सापकोटालाई कार्यालयबाट हटाउन आन्दोलन गर्ने तयारीमा लागेको कार्यालय स्रोतले बताएको छ।

आफुले भनेजस्तो नभए कुनै निर्णय नगर्ने,हस्ताक्षर नगर्ने,रिसाउदै फाइल फालिदिने,फायलमा कलम नचोब्ने सापकोटालाई महालेखा नियन्त्रणका कर्मचारीहरूले अति नै अब्यवहारिक, सन्की,जिद्दी, घमण्डीको संज्ञा दिन थालेका छन।

अहिले कार्यालयमा गत आर्थिक वर्षको लेखा सम्बन्धि समीक्षा गोष्ठी र अनेकौ काम लिएर ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर्मचारीहरू काठमाडौं आउदै जादै गरेका छन।

उनीहरू काठमाडौं आएर बसेको दिनको टिएडिए खान प्रशासन महाशाखाले काठमाडौं बसेको, आएको र गएको पत्र बनाइ दिनुपर्छ। त्यो पत्रमा हस्ताक्षर गर्न समेत सहसचिव सापकोटाले नमानेर जिल्लाका लेखाका कर्मचारीहरू हैरान बनेर फर्किने गरेका छन। जिल्लाबाट आउन–जान,बस्न खान आफ्नै खर्चमा गर्न बाध्य भएका छन।

अर्कोतिर सवारी–साधन मर्मतको फाइलमा पनि हस्ताक्षर नगरेर सवारी चालकहरूलाई पनि दुस्ख दिदै हैरान पारेका छन। कर्मचारीले भैपरि विदा,घर विदा,बिरामी विदा सुविधा लिन खोज्दा पनि अनेकौं कुरा गरेर दुस्ख दिने गरेका छन।

यस्ता प्रशासनका सहसचिव महालेखा नियन्त्रक कार्यालयमा कहिल्यै नआएको एक उपसचिवले सम्बादातालाई बताएका छन।

यस्ता काम नलाग्ने सहसचिवलाई सरूवा गराउन अहिले महालेखा नियन्त्रक कार्यालयका कार्यालय सहायकदेखि महालेखा नियन्त्रकसम्म अर्थ मन्त्रालय पुगेर अर्थ सचिवदेखि उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसम्मलाई हारगुहार गर्दै अनुरोध गरिरहेका छन।

नत्र आन्दोलन गर्ने चेतावनी दिइरहेका छन। ऐन(नियम र कानुन अनुसार हुने काम गर्न पनि अनेकौं सबाल–जवाफ गर्ने, मलाई फसाउन लागेको भनेर अनावश्यक आशंका गर्ने, कर्मचारीलाई हप्काउने र निर्णय नगरि फायल फिर्ता गराउने जस्ता हर्कतगरिरहेका छन।

यस्ता कोग्लाटे सहसचिवलाई कुनै पनि फाइलमा हस्ताक्षर र निर्णय गर्नुनपर्ने,दिनभरि काम नगरि बसिबसि जागिर खान पाइने ठाउँ उपराष्ट्रपतिको कार्यालय, नेपाल ट्रष्टको कार्यालय वा निर्णय नगरे किन निर्णय हुँदै भनेर कामचोर कर्मचारीहरूलाई ठिक पार्ने मधेस प्रदेशको सचिव बनाएर पठाउन उचित हुने अर्थ सचिव र उपप्रधान तथा अर्थमन्त्री पौडेललाई सुझाव दिएको एक सहसचिवले आर्थिक सञ्जाल डटकमलाई बताएका छन।

यी सापकोटा जहाँ सरूवा भएर गएका छन,त्यहाँ यसरी नै कुनै काम नगरि कर्मचारीहरूलाई धेरै हैरानी र दुस्ख दिएको भनी गुनासो आउने गरेको अर्थ मन्त्रालयका कर्मचारीहरू बताउछन।

त्यही भएर सापकोटा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा नौ महिना बस्दा पनि उनलाई त्यहाँ कुनै जिम्मेवारी दिइएको थिएन,तर एउटा कोठा र सवारीसाधन सहित प्रहरीबाट चालक सुविधा भने पाएका थिए।

त्यसअघि छ महिना राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा पनि आयात व्यापारीहरूलाई अनावश्यक दुस्ख दिन सामान बरामद गर्दै हरिहरभवन पुरयाएर राजस्व छलि र चुहावट गरेको भन्दै जबर्जस्ती मुद्दा चलाएर दुस्ख दिएको गुनासो पटक–पटक उद्योगी व्यवसायीहरूले तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गरेपछि उनी राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट छ महिनामै सरूवा भएका थिए।

त्यसबेला दरबारमार्गका अन्तराष्ट्रिय ब्राण्डेड समान र जुत्ताका व्यापारीहरूलाई अति दुस्ख दिएर सामान आयातको भन्सार कार्यालयमा घोषणा गरिएको खरिद मूल्य र बिलको मुल्यभन्दा दोब्बर बढी धरौटी लिएर मुद्दा दायर गरि अनावश्यक दुस्ख,सास्ति र हैरानी दिएका थिए।

ती व्यापारीहरूले अन्तत अदालतबाट न्यायपाएका थिए,अदालतबाट राजस्व चुहावट नगरेको फैसला भएको थियो। सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भन्सार प्रशासक हुँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयात व्यापारीहरूलाई अनावश्यक कडाइ गरि दुस्ख दिने काम गरेका थिए।

उनले आफुले भनेको कुरा नमान्ने कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुर हालेर दुस्ख दिदै आएका छन।

पहिला अख्तियारमा बसेका र सापकोटा अख्तियारको मधेस प्रदेश कार्यालय बर्दिवासको प्रमुख हुँदा समेत धेरै कर्मचारीहरूलाई प्रतिशोधपुर्ण कारवाही गरि मुद्दा चलाएका र निलम्बन गराएका थिए। त्यस्ता कर्मचारी सबैले पछाडि विशेष अदालतबाट मुद्दा जितेर न्याय पाइ पदमा बाहली भएका थिए।

जेठी श्रीमतीलाई कुटपिट र महिला हिंसा गरि लखेटेर कान्छी श्रीमतीसँग टोखामा बस्दै आएका सहसचिव सापकोटाको कान्छी श्रीमतीसँग पनि अहिले पारिवारिक खटपट रहेको पारिवारिक स्रोतले बताएको समाचार स्रोतको दाबी छ।

पहिला शाखा अधिकृत र उपसचिव हुँदा घुस खाएर कमाएको सबै धन सम्पत्ति जेठी श्रीमतीले लिएर गएपछि सहसचिवमा बढुवा भएपछि भने यिनले मलाई सम्पत्ति किन चाहियो भन्दै बैराग्य चलेर भ्रष्टाचार र घुसखाने काम गरेका छैन समाचार स्रोतले बताएको छ।

तात्कालिक मुख्यसचिव डा. शंकर बैरागीलाई पर्वतबासीको साइनो लगाएर नजिक हुँदै महत्वपूर्ण जिम्मेवारी पाएका सापकोटाले नेकपा (माओवादी केन्द्र) का हिमाल शर्मासँग विशेष सम्बन्ध बनाएर उनकै सिफारिसमा प्रचण्डको सरकार हुँदा निजामती प्रशासनमा आकर्षक र मालदार ठाउँमा बस्न सफल भएका थिए। अहिले उनले पर्वतका नेकपा (एमाले) का नेता तथा मन्त्री पदम गिरी मार्फत महालेखा नियन्त्रण कार्यालयमा टिक्न खोजिरहेका छन।

उनी सम्पत्ति शुद्विकरण विभागको महानिर्देशक बन्न खोजिरहेका छन। तर यिनको सन्की,घमण्डी,एकलकाटे र अव्यवहारिक कार्यशैलीकै कारण सम्पत्ति शुद्विकरण विभागमा हैन,उपराष्ट्रपतिको कार्यालय वा नेपाल ट्रष्टको कार्यालयमा सरूवा हुने सम्भावना रहेको छ।

वर्षमान पुन अर्थ मन्त्री भएपछि उनले अर्थ मन्त्रालयमा सरूवा भएर पनि अढाइ महिना कुनै जिम्मेवारी पाएका थिएनन,बरण्डामै हाजिर गरेर हिडेका थिए।

पछि अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको भएपनि काम गर्न नसकेपछि तात्कालिक अर्थ मन्त्री वर्षमान पुनले उनलाई ११ दिनमै अर्थ मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालयमा लखेटेका थिए। तर त्यहाँ पनि कुनै निर्णय नगरि दिनभरि कार्यालयमा बसेर चिया र खाजा खाने,कम्प्युटरमा तास खेलेर र अनलाइन समाचार हेरेर दिन काटदै बसिरहेका छन।

यिनको यस्तै कार्यशैली र कार्यसम्पादन हुने र सरूवा नगर्ने हो भने यसपाली कार्यालयले गर्ने कर्मचारीको विभागिय सरूवाका काम रोकिन पुग्ने र देशभरिका कोष तथा लेखा नियन्त्रण कार्यालयका सहायक लेखापाल,लेखापाल र लेखा अधिकृतहरू असन्तुष्टभई आन्दोलनमा नै उत्रन सक्ने कार्यालयका एक उपसचिवले बताएका छन।

gold
kumari bank
nawakantipur long