citizens life insurance long ad
stcnepal long ad

विश्व वरियतामा नेपालको राहदानी सुधार, कुन देशको कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ। विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ।

यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो। यस वर्ष नेपाल ३९ ९अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन० अंकसहित ९८औं स्थानमा आएको छ।

यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शिर्ष स्थानमा आएको छ। सिंगापुर १९५ अंकसहित शिर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन्।

त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंक सहित आठौं स्थानमा छ। त्यसैगरी छिमेकी देश चीन ८५ अंक सहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ। यस सूचीको अन्तिममा २६ अंक सहित अफगानिस्तान रहेको छ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ।

कुनै देशको राहदानीवाहकले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङ्किङ निर्धारण गरिन्छ।

यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ।

IME Life
kumari