stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मालपोत प्रमुख अधिकारी अख्तियारको खाेरमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सधैँ आकर्षक मालपोत कार्यालय बसेर अकुत सम्पत्ति कमाएका विवादास्पद मालपोत अधिकृत गोविन्द अधिकारी यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

चावहिल मालपोतका प्रमुख हुँदा पनि धेरै बदनामी कमाएका र विवादमा परेका व्यक्ति हुन् गोविन्द अधिकारी । डिल्लीबजार मालपोतको प्रमुख हुँदा पनि उनी विवादमा तानिएका थिए तर सधै जाेगिदै आउन सफल हुदै आएका थिए । अहिले अख्तियारको छानविनमा परेपछि उनी हिरासत बस्न बाध्य भएका हुन् ।

डिल्लीबजार मालपोतका कर्मचारीहरू घुस लिँदालिँदै रंगेहात पक्राउ परेपछि सोही अनुसन्धानका क्रममा अधिकारीलाई नियन्त्रणमा लिई छानविन गरिरहेको अख्तियारले सार्वजनिक गरिसकेको छ ।

अख्तियारले अधिकारीलाई भ्रष्टाचारको मुद्दामा संलग्न रहेको देखेपछि गत सोमवार नियन्त्रणमा लिएको हो । अधिकारी डिल्लीबजार मालपोत कार्यालयका प्रमुख हुँदा गत जेठ २ गते मालपोत अधिकृतसहित ६ जनालाई अख्तियारले आठ लाख ५० हजार रकम घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

मालपोत कार्यालयका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइ दिए वापत सेवाग्राहीसँग घुस मागेका थिए । सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई अख्तियारले गत जेठ २ मा नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई अख्तियारले टोखा नगरपालिका– ९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकम सहित नियन्त्रणमा लिएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari