citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

मणिपाल अस्पताललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ। मणिपाल अस्पताललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको करिब २० करोड तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल सर्वोच्च अदालत पुगेको हो ।

अस्पतालले महालेखा र पोखरा महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो । सर्वोच्चले विपक्षीका नाममा रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा १९ करोड ८१ लाख अस्पतालबाट लिनुपर्ने उल्लेख छ । त्यसपछि असार ७ गते महानगरपालिकाले अस्पताललाई पत्र लेखेर रकम भुक्तानी गर्न आग्रह गरेको थियो । अस्पतालले रकम तिर्नुको सट्टा अदालतसँग गुहार माग्न पुगेको हो ।

पोखरा महानगरपालिकाको २०७९ चैत १० को कार्यपालिका बैठकको निर्णयबाट उक्त रकम छुट दिने निर्णय गरिएको थियो ।

त्यसपछि १ करोड ७५ लाख तिरेर मणिपालले भवनको निर्माण सम्पन्न कागजात लिएको छ । अदालतले साउन १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

gold
himalayan life insurance long ad