stcnepal long ad

नुनको मुल्यमा चार रूपैयाँ वृद्वि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा सामान्य वृद्धि गरेको छ । असार १८ गते बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरि बढेको मूल्य असार १८ गते मध्यरातिदेखि लागू गरिएको कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी जानकारी दिएका छन ।

नयाँ मूल्यसूची अनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनको मुल्यमा रू.४ वृद्वि गरि उपभोक्ता मुल्य २६ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा कायम गरिएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ कायम गरिएको छ । कर्पोरेशनले व्यापारीलाई तीन रुपैयाँ सस्तोमा नुन उपलब्ध गराउदछ ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ । लामो समयदेखि कर्पोरेसनले नुनको मूल्य समायोजन गरेको थिएन।

बजारमा नुनको कच्चापदार्थको मूल्य,ढुवानी,प्याकिङ र गोदाम तथा जनशक्तिको खर्च बढेपनि साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको थिएन।

अहिले भने समायोजन गरेर कर्पोरेसनको बढदो खर्च कम गर्न खोजेको छ। नेपालमा नुन र सलाईको मूल्य भने सस्तो र स्थिर रहेको उपभोक्ताहरू बताउछन।

कर्पोरेसनले समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई निर्देशन दिइसकेको नायव प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले जानकारी दिएका छन।