macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एपीएफ टोलीद्वारा लागूऔषध सहित दुई जना पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुपन्देही । रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट माघ २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका १६ लेखनाथका रक्की गरबुजा पुन र अरुण सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ
परेकाहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

२१ माघ २०७६, मंगलवार १८:२६ बजे प्रकाशित

NTA long ad