तीनै दिन हल्कादेखि भारी वर्षाको सम्भावना, मंगलबार धेरै वर्षा हुने
काठमाडौं । देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ । कोसीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
यसैबीच, गएराति सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढेको छ ।
त्यसैले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राती कोशी, मधेस, वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।