citizens life insurance long ad
stcnepal long ad

तातोपानी र रसुवागढी नाकाको प्रक्रियागत जटिलता हटाउन नेपाल चेम्बर अफ कमर्सको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेसँग नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले भेटघाट गरेका छन् ।

त्यस अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण गर्नुपर्ने बताए ।

आयात निर्यातका लागि निर्वाधरुपले दुवै नाका सञ्चालन गरिनुपर्ने उनले बताएका हुन् । चीनले ८ हजार भन्दा बढी नेपाली उत्पादनहरुको आयातमा शून्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको छ ।

तर यसमा रहेका केही प्रावधान पूरा गर्न कठिन भएकाले सो घटाउन पनि पहल गरिनुपर्ने उनले बताए । उक्त अवसरमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकाले ती वस्तुहरु चिनियाँ बजारमा सहज तवरले प्रवेशका लागि पहल गरिदिन अनुरोध गरे ।

यसका लागि क्वारान्टाइन प्रक्रिया सहजीकरण गर्न प्रयास गरिनुपर्ने पनि बताए ।

नेपालको पर्यटन विस्तारमा चिनियाँ पर्यटकको ठूलो योगदान रहेकाले कोभिड पश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनका लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धी बनाउनुपर्ने पनि उनको माग छ ।

राजदूत महेन्द्रबहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी आफ्नो तर्फबाट सहजीकरण गर्न सक्दो प्रयास गर्ने बताए ।

IME Life
kumari