stcnepal long ad
ime life insurance
national life
global ime bank long

तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले ती नागरिकलाई कपनबाट पक्राउ गरेको हो। पक्राउ परेका नागरिकबाट अन्य व्यक्तिहरुको पहिचान खुलाउने आधार तय भएको भन्दै उनको पहिचान खुलाएको छैन।

सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानको क्रममा चिनियाँ नागरिकसम्म पुगेको हो। करिब ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानको क्रममा सिआइबीले अनुसन्धानमा १८ जनालाई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका चिनियाँ सहित सुनका ६ बिस्कुट बरामद भएको र त्यसको परीक्षण भने हुनै बाँकी रहेको छ। चिनियाँ नेतृत्वको गिरोहले एक वर्षको अवधिमा करिब २८ सय केजी सुन तस्करी गरेको सिआइबीको अनुसन्धानबाट पुष्टि भइसकेको छ।

तस्करीमा सघाउने तथा तस्करीको पैसा विदेश पठाउन सघाउने गिरोहमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ। जस क्रममा थप एक चिनियाँ सुनसहित नै पक्राउ परेका हुन्।

गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६१ केजी सात सय ग्राम सुन बरामद गर्दा तस्करीको रहस्य खुलेको थियो। सो समूहले पटक(पटक सुन तस्करी गरेको खुले पनि थप सुन बरामद हुन सकेको थिएन।

११ महिनापछि थप ६ केजी सुन बरामद भएको हो। सिआइबीले सुन तस्करीमा संलग्न राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलर, सिद्धनाथ गायकवाड, दिनेश भोईटे, बैजनाथ ब्रम्हादत्त लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

IME Lifesidebar
kumari