citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सहित आठ जनालाई  सफाइ दियो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उक्त उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल सहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन  कामु उपनिर्देशक  पवनकुमार  कर्ण,  प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई  सफाइ  दिने  निर्णय  गरेको विशेष  अदालतका प्रवक्ता  धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो । सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो ।

himalayan life insurance
igi long