stcnepal long ad
national life

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सो सम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए ।

यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँग द्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।

केही दिनअघि संस्थान ललितपुरले तःबहाल स्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो ।

‘हालको समय र परिस्थितिका कारणका हामीले भोलि ९बुधबार० रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ’, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने ।

gold
kumari bank
kumari
nawakantipur long