citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विपद् व्यवस्थापनमा क्रियाशिल व्यवसायीहरुलाई एनबीआई बिजनेस रेसिलेन्स अवार्ड

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशिल व्यवसायीहरु एनबीआई बिजनेस रेसिलेन्स अवाडद्वारा सम्मानित भएका छन् । बहुराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल (तराई) सम्मानित भएका हुन् ।

साथै, ठूला उद्योग विधामा पञ्चकन्या स्टिल र द नेपाल डिस्टिलरिज छन् । साथै, मझौला उद्योग विधामा नेपाल डेरी र कञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर छन् । सुक्ष्म, घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर छन् ।

विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा पुर्याएको योगदान स्वरुप सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रम एनबीआईले युएसएआइडिको तयार नेपाल परियोजनासँगको सहकार्यमा आयोजना गरेको हो ।

पुरस्कृत कम्पनी विज्ञ सम्मिलित निर्णायक समितिद्वारा देशभरीबाट प्राप्त मनोनयन मध्ये बहुराष्ट्रिय कम्पनी, ठूला, मझौला र सुक्ष्म, घरेलु तथा साना उद्योग गरी ४ विधामा दुई/दुई गरी ८ वटा चयन गरिएको हो । एनबीआई सन् २००५ बाट जिम्मेवार व्यवसाय प्रवर्द्धनमा कार्यरत निजी क्षेत्रको साझा अग्रणी संस्था हो ।

हाल व्यवसायिक वातावरण विकास, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, संस्थापक सामाजिक उत्तरदायित्त्व प्रवर्द्धन तथा आधुनिक दासत्व निवारणका क्षेत्रमा क्रियाशिल छ ।

एनबीआईले विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी तथा अन्तराष्ट्रिय निकायसँगको सहकार्यमा शृंखलाबद्ध रुपमा सन् २०१५ देखि नै उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

himalayan life insurance
igi long