sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

क्रसर उद्योगको नवीकरण नभए आन्दोलनमा उत्रिने चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले असार १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव पुरुषोत्तम रेग्मीले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए असार १ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा बिक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने चेतावनी दिए ।

महासचिव रेग्मीले आफूहरूले सरकारलाई बारम्बार निर्णय कार्यान्वयनका लागि ताकेता गर्दासमेत कार्यान्वयन हुन नसकेको भन्दै निर्णयहरू कार्यान्वयन नभएसम्म उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका सवारी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने बताए ।

gold
prabhu bank
nawakantipur long