citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भक्तपुरको लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.१ लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल गरेको छ ।

अवैध रूपमा सञ्चालित उक्त हस्पिटलले करिब एक करोड भाडा समेत नतिरेको, घर खाली गराउन स्थानीय पालिकामा र जिल्ला प्रशासन कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको हुँदा सिल गर्नुपरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।

हस्पिटलमा बिरामीसमेत रहेको हुँदा बिरामीलाई मध्यनजर गरी सात दिन भित्र अन्यत्र अस्पतालमा सार्न समयसीमा दिइएको जनप्रतिनिधि श्यामकृष्ण प्रजापतिले बताउनु भयो ।

१२७९ वर्गमिटरमा बनेको घरमा सञ्चालित हस्पिटल कतै दर्ता समेत नभएको पाइएको छ । मितेरी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई घर भाडामा दिएको सम्झौतामा उल्लेख छ । तर सञ्चालनमा दर्ता नभएको अस्पताल सञ्चालन भएको पाइएपछि खाली गर्न लगाएको हो ।

himalayan life insurance
igi long