पदपूर्तिको माग गर्दै सीटीईभिटीका कर्मचारी आन्दोलित
काठमाडौँ । पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीहरूले कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।
परिषद्ले पटक(पटक सम्झौता गरे पनि लागू नगरेको भन्दै आइतबारदेखि रिले अनसन शुरु गरेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले जनाएको छ ।
उनीहरूले विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषद्ले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन अनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० सालदेखि आन्दोलनरत रहेको सङ्गठनको भनाई छ ।
प्रशासनले आफू अनुकुलका मान्छेहरूको बढुवा सुनिश्चित नभएको कारण पदपूर्ति नगरेको आरोप उनीहरूको आरोप छ ।