citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विकल पौडेल दोस्रो पटक भ्रष्टाचार मुद्दामा दोषी ठहर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेस गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र ९पीआर० लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यसअघि गत मङ्गलवार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख बिगो र त्यति नै असुल्ने फैसला गरेको थियो ।

himalayan life insurance
igi long