citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तीन प्रदेशमा बिहानैदेखि वर्षा, तीनमा राति ठूलो पानी पर्ने सम्भावना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी  वायुको  साथै  स्थानीय  वायुको  प्रभावका  कारण  अहिले उपत्यका सहित कोशी ,मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी, मधेश र बाग्मति प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

himalayan life insurance
igi long