citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रिय परिचयपत्र हुनेले अब छुट्टै लाइसेन्स बोक्न नपर्ने भएको छ । सवारी चालक अनुमतिपत्रको विवरण अब राष्ट्रिय परिचयत्रमै राख्ने प्रक्रिया सरकारले अघि बढाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागले यससम्बन्धि समझदारी गरेर काम अघि बढाएका छन् ।

गत ३१ बैशाखमा बसेको दुई निकायका महानिर्देशक नेतृत्वको छलफलले सेवा अन्तर–आबद्धतासम्बन्धि समझदारी गरेका हुन् ।

जसअनुसार सवारी चालक परिचयपत्रको काम समेत राष्ट्रिय परिचयपत्रले नै गर्नेछ । दुई विभागको समझादारीमा भनिएको छ,‘यातायात व्यवस्था विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकको हकमा सो नम्बरबाट र परिचयपत्र समेत प्राप्त गरिसकेका नेपाली नागरिकहरुको हकमा परिचयपत्रमा रहेको क्युआर कोडलाई स्क्यान गरी यातायात व्यवस्था विभागको सूचना प्रणालीमा ड्राइभिङ लाइसेन्सको विवरण नेपाल प्रहरीले रुजु गर्ने गरी मोबाइल एप निर्माण गर्ने ।’

ट्राफिक प्रहरीले परिचयपत्रमा क्यान गरेरै लाइसेन्स चेक गर्न सक्नेछन् । यसका लागि एक महिनाभित्रै प्राविधिक तयारी गरिने पञ्जीकरण विभागका निर्देशक मुकेश केसरीले बताए ।

हाल यातायात व्यवस्था विभागले करिब १६ लाख सर्वसाधरणको लाइसेन्स छाप्न बाँकी छ । अर्कोतर्फ करिब २७ लाख परिचयपत्र बने छापिएर पनि सर्वसारधण लिन नजाँदा सरकारी कार्यालयमै थन्किएका छन् ।

परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिन सकेमा सर्वसाधरणलाई पनि सहज हुने र सरकारको ठूलो खर्च पनि जोगिने अवस्था छ ।

gold
himalayan life insurance long ad