citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने भएको छ । न्यूयोर्क राइटर वर्कसपले लोटस बुकसँगको सहकार्यमा जेठ ९ देखि १५ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो ।

जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिभल हुनेछ । समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङकङ, अमेरिका, रुस, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा धेरै देशबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षक सहभागी हुने फेस्टिभलका संरक्षक युयुत्सु आरडी शर्माले बताउनुभयो ।

उहाँले साहित्य तथा पर्यटन प्रवद्र्धन गर्न महोेत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य कार्यक्रमको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुनेछन् ।

himalayan life insurance
igi long