citizens life insurance long ad
stcnepal long ad

राज्यबाट प्रवाह हुने सबै सेवा सुविधा राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गर्ने भएको छ ।

नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाउन लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

IME Life
kumari