stcnepal long ad
ime life insurance
national life
global ime bank long

६० रुपैयाँको औषधि २४ सय रुपैयाँमा बिक्री

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै बढी मूल्य लिइ औषधि बिक्री गरेको भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनको क्रममा वास्तविक मूल्य भन्दा बढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए ।

शेर्पाका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो । मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाको आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ, उनले भने। उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा ६० रुपैयाँ पर्ने औषधिलाई त्यो मेडिकलले दुई हजार चार सय रुपैयाँ लिएको हो ।

त्यस्तै त्यही मेडिकलले औषधि बिक्री वितरण गर्दा बिल नदिएको पाइएको छ । यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरि अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ ।

प्रायः सबै मेडिकल हलमा चिकित्सकको सिफारिस विना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारबाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए । रासस

IME Lifesidebar
prabhu mahalaxmi
kumari