citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

क्षतिपूर्ति समेत दाबी गर्न विभागीय प्रमुखलाई कार्यकारी अध्यक्षको निर्देशन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पे्स इन्डस्ट्री–आईएआईमा मर्मत सम्भार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुन र प्रवक्ता रमेश पौडेलले जानकारी दिएका हुन् ।

निगमका अनुसार, यसभन्दा अगाडि कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट नेपाल वायुसेवा निगम र आईएआईबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्नु भनी मिति २०८०/११/२२ मा सीएयम डिपार्टमेन्टलाई आदेश समेत भएको थियो ।

यस विषयमा मिति २०८१/१/१७ गते बसेको निगम कार्यकारी समितिबाट कार्यकारी अध्यक्षले दिएको आदेश बमोजिम पहिलेको इन्जिन भि २५०० एसरएन भि १७६७२मर्मतमा भएको ढिलाइ र अर्को इन्जिन भि २५०० भि१७६७ ब्रेक डाउन पश्चात् सम्झौताको सर्त अनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न सीएयम ले कार्य अघि बढाउने भनी निर्णय भए बमोजिम आवश्यक कार्य प्रारम्भ समेत भैसकेको छ ।

himalayan life insurance
igi long