stcnepal long ad
nabil bank
Himalayan bank
national life

यस्तो छ आज दिनभरको मौसम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था छ।

कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२४ घन्टामा कहाँ कति पानी पर्‍यो ?

पछिल्लो २४ घन्टामा कास्कीको चोम्ब्रोङमा सबैभन्दा बढी पानी परेको छ। त्यहाँ २९।२ मिलिमिटर वर्षात् भएको छ। त्यस्तै गण्डकी प्रदेशकै ज्यामिरेबारी केन्द्रमा २१ मिलिमिटर वर्षा भएको छ।

इलामको जितपुर केन्द्रमा २१.८, सोक्तिम चिया बगान क्षेत्रमा ९.६ संखुवासभाको तुम्लिङटार क्षेत्रमा १०.८, धनकुटाको त्रिवेणीमा ९.४ मिलिमिटर वर्षा भएको छ।

आइतबार काठमाडौं उपत्यकामा पनि वर्षा भयो। काठमाडौंको सुन्दरीजल केन्द्रमा ४.२, बूढानीलकण्ठमा २.८ मिलिमिटर वर्षा भयो।

kumari bank
kumari
nawakantipur long