citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

वैशाख अन्तिम सातादेखि संसदको वर्षे अधिवेशन सुरु हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । संघीय संसदको वर्षे अधिवेशन वैशाख अन्तिम साता सुरु हुने भएको छ । एक मन्त्रीका अनुसार २५ वा २६ वैशाखमा अधिवेशन सुरु गर्ने तयारी छ ।

वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत लिइन्छ । सरकारले प्रत्येक वर्ष १५ जेठमा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्छ ।

संघीय संसदमा यसवर्ष चैत महिनामै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइसकेको छ । अब वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित गरेपछि सरकारले बजेट ल्याउँछ ।

gold
himalayan life insurance long ad