वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच लगानी सम्मेलनमा सम्झौता सम्पन्न 

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा. लि. बीच सम्झौता भएको छ ।
नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत  विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ।
सम्झौतामा एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी  शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गर्नुभयो ।
कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ।
यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।  सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको जानकारी गराउन चाहन्छु ।
IME Lifesidebar
kumari