sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिल्क मार्केट प्रा.लि.ले चीनबाट ल्याएको मल अझै आइपुगेन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सिल्क मार्केट प्रा.लि.ले चीन ल्याएको मल अझै कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । चीनबाट ल्याएको रासायनिक मल सात महिनादेखि तातो भन्सार कार्यालयमा थन्काएर राखेको छ तर हालसम्म कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले ६/७ महिनादेखि तातोपानी भन्सारमा थन्काएर राखेको मल काठमाडौँ नल्याएको गुनासो गर्नुभयो ।

चीनबाट ल्याएको २५ सय मेट्रिक टन मलमध्ये एक हजार मेट्रिक टन मल मात्र ल्याइ पुर्‍याएको छ, अरू बाँकी मल कहिले आउने अत्तोपत्तो नरहेको उहाँले बताउनुभयो ।

सिल्क मार्केट प्रा.लि.सँग भएको सम्झौता अनुसार २१ हजार मेट्रिक टन मल अझै ल्याएको छैन, उहाँले भन्नुभयो, “पच्चिस सय मेट्रिक टन मल तातोपानी भन्सार कार्यालयमा आएको ६र७ महिना भइसक्यो त्यो हामीलाई हस्तान्तरण गरेको छैन, त्यसबाहेक अरू २१ हजार मेट्रिक टन मल ल्याउनै बाँकी राखेको छ ।”

कृषि सामग्री कम्पनीले मे १५ सम्मको समय सीमा तोकेको छ, सो अवधिमा सम्झौता भए अनुसारको सबै मल ल्याइदिएन भने कानुनी उपचार खोज्ने बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पोखरेलले भन्नुभयो, “मे १४ तारेखसम्मको समय दिएका छौँ त्यस अवधिमा ल्याइदिएन भने त्यसपछि के गर्ने छलफल गरेर गर्छौं ।”

सिल्क मार्केट प्रालिले कृषि सामग्री कम्पनीबाट मुल ढुवानीका लागि दुई वर्षअघि ठेक्का पाएको थियो तर तोकिएको समयमा मल नल्याइएका कारण कृषि सामग्री कम्पनी लिमिटेडले सिल्क मार्केट प्रा.लि.सँगको सम्झौता रद्द गरेको थियो ।

त्यसपछि सिल्क मार्केट प्रालिले अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले मल सम्झौता रद्द नगर्न र मल ल्याउन दिन कृषि सामग्री कम्पनी लिमिटेडलाई आदेश दिएको थियो ।

त्यस आदेश दिएको लामो समय भइसक्यो तर सिल्क मार्केट प्रा.लि.ले अझै मल ढुवानी गर्न नसकेका कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । सिल्क मार्केट प्रा.लि.का भीमकान्त भण्डारीलाई यस विषयमा जिज्ञासा राख्दा केही बताउन चाहनुभएन ।

दुई महिनाअघि गोरखापत्रले सो मलको बारेमा जिज्ञासा राख्दा उहाँले ढुवानी भइरहेको जानकारी दिनुभएको थियो । उहाँले दुई महिनाअगाडि ढुवानी भएको कुरा बताए पनि हालसम्म कृषि सामग्री कम्पनीले सो मल हालसम्म प्राप्त गरेको छैन ।

 

gold
kumari bank
nawakantipur long