stcnepal long ad
global ime bank long

आज चट्याङ्गसहित वर्षाको सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ।

IME Lifesidebar
kumari