stcnepal long ad
ime life insurance
national life
global ime bank long

पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघ गर्जन सहितको वर्षा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले मुलुकका पहाडी भेगमा आंशिक बदली छ भने बाँकी भेगको मौसम सफा रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थान साथै बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 

IME Lifesidebar
kumari