सरकारको कालोसूचीमा यी दुई कम्पनी
तीन वर्षसम्म खरिद प्रक्रिया संलग्न हुन नपाउने
काठमाडौं । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जुगल बिल्डर्स कम्पनी प्रा.लि. (कोटेश्वर, काठमाडौं) र जेएमबीडी इन्टरनेसनल (चाबहिल काठमाडौं) लाई कालोसूचीमा राखेको हो ।
दुई कम्पनीमध्ये जुगल बिल्डर्स तीन वर्ष र जेएमबीडी डेढ वर्षका लागि कालोसूचीमा परेका हुन् ।कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।